close

वीरगञ्जको बजेट : हिउँदे अधिवेशनबाट २५ करोड थप

वीरगञ्जको बजेट : हिउँदे अधिवेशनबाट २५ करोड थप

Trulli
ADVERTISEMENT

पर्सा- वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटलाई तीन अर्ब ४६ करोड पुर्‍याएको छ । 

बुधबारदेखि सुरु भएको महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०/८१ को वार्षिक बजेटमा २५ करोड थप गरी तीन अर्ब ४६ करोड पुर्‍याएको हो ।  चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०/०८१ को वार्षिक बजेट तीन अर्ब ४६ करोड पुर्‍याउने प्रस्ताव गरिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । 

१४औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आवको बजेट थप गरेको हो । यस्तै नगरसभाले विभिन्न योजना तथा कार्यक्रम परिमार्जन पनि गरेको छ । नगरसभाले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न ८० लाख थप बजेट छुट्याएको महानगर प्रमुख सिंहले बताए । 

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका चार हजार घरमा धारा जडानका लागि थप बजेट छुट्याइएको उनको भनाइ छ । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको महानगर प्रमुख सिंहले बताउनुभयो । 

यस्तै नगरसभामा विभिन्न विधेयक पनि पेश गरिएको छ । वीरगञ्ज महानगरसभाको कार्यसञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्वद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयकसभामा पेश गरिएको छ ।