close

कावासोतीको बजेट : करिब साढे ७ करोड कटौती

कावासोतीको बजेट : करिब साढे ७ करोड कटौती

Trulli
ADVERTISEMENT

नवलपुर- कावासोती नगरपालिकाले चालु आर्थिक वर्षको विनियोजित बजेटमा कटौती गरेका छन् । आम्दानी घटेपछि दुई नगरपालिकाले बजेट घटाएको छ । 

कावासोती नगरपालिकाको १४औँ नगरसभाले ७ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट कटौती गर्दै चालु आर्थिक वर्षको संशोधित बजेट पारित गरेको छ ।

नगर उपप्रमुख फूलकुमारी थनैतले आन्तरिक आम्दानी घटेको र केन्द्रबाट आउने राजश्व बाँडफाँटको रकम समयमा नै प्राप्त नभएकाले केही शीर्षकमा बजेट कटौती गरिएको बताइन् । आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्व १८ करोडको बजेट ल्याएको नगरले अहिले विभिन्न ४२ वटा शीर्षकको कार्यक्रममा बजेट हेरफेर गरेको हो ।