close

हर्कबहादुरलाई तालिम दिएपछि गाउँपालिकाभरको परम्परागत घार विस्थापित गरिँदै

हर्कबहादुरलाई तालिम दिएपछि गाउँपालिकाभरको परम्परागत घार विस्थापित गरिँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर ३ का हर्कबहादुर लिम्बु मौरीको आधुनिक घार बनाउन व्यस्त छन् । उनले गत वर्ष पालिकाको सहयोगमा मौरीको घार बनाउन सिकेका थिए । 

ललितपुरको गोदावरीस्थित मौरी विकास केन्द्रबाट आधुनिक घार बनाउन सिकेका लिम्बुले रोजगारीसमेत पाएका छन् । गाउँपालिकाले उनले बनाएको घार स्थानीय बासिन्दालाई नै वितरण हुन्छ ।  

गाउँपालिकाको कृषि शाखाका प्रमुख निकेश भट्टराईका अनुसार तालिमको लागि लिम्बुलाई पालिकाले छनौट गरेर पठाएको थियो । तालिमको लागि गाउँपालिकाले उहाँलाई छनौट गरी पठाएको हो । करिब १५ दिन सञ्चालित तालिममा उहाँ आधुनिक घार बनाउन पोख्त हुनुभयो, उनले भने हाल गाउँपालिकाको लागि आवश्यक घार पनि उहाँलाई बनाउन दिन्छौँ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि  पालिकाभित्र परम्परागत मौरी घारलाई विस्तापित गर्नको लागि  आधुनिक घार वितरण कार्यक्रम ल्याएको उनले पालिकाखबरलाई सुनाए । आवश्यक मौरीको घारको लागि लिम्बुको सहयोग लिने र सोबापत उनलाई गाउँपालिकाले रकम उपलब्ध गराउने उनको भनाइ छ ।

तर हालसम्म कति घार वितरण गर्ने भन्नेबारे टुंगो नलागेकोले अर्डर नदिएको उनले सुनाए । केही समयभित्र आवश्यक घार टुंगो लगाएर अर्डर गर्ने गाउँपालिकाको योजना छ । 

स्थानीयलाई घार बनाउन दिएकोले रोजगारी सृजना हुनुका साथै व्ययभार पनि कम हुने उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाभित्रका अधिकांश व्यक्तिले तीनदेखि २५ घारसम्म मौरी पालन गर्दै आएका छन् । 

करिब ५ जना स्थानीय बासिन्दाले व्यवसायिक रुपमा मौरी पालन गर्दै आएको उनले सुनाए । आधुनिक घारमा मह उत्पादन बढ्ने, मौरीको बच्चाको सुरक्षा हुने भएकाले वितरण गर्न लागेको उनले सुनाए । 

गाउँपालिकामा उत्पादन हुने महलाई प्रशोधन गरी मूलुकका विभिन्न स्थानमा बेच्न पठाइन्छ । महको खासै नपाइने भएकाले बजारीकरणमा समस्या नहुने उनले सुनाए । गाउँपालिकाले घार वितरणका लागि चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।