close

व्यावसायिक मौरी पालनको लागि तीन दिने तालिम

व्यावसायिक मौरी पालनको लागि तीन दिने तालिम

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाको वडा नम्बर २ ले मौरीपालनसम्बन्धी तालिम दिएको छ । वडा कार्यालयको आयोजनामा मौरीपालनसम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो । 

वडाध्यक्ष दिनेशकुमार राईका अनुसार मौरी पालनलाई व्यावसायिक बनाउनको लागि तालिम सञ्चालन गरेको हो । तालिममा वडाभित्रका २५ वटा समूह तथा फर्मको प्रतिनिधिको सहभागिता रहेको उनले पालिकाखबरलाई सुनाए । 

व्यावसायिक मौरी पालनको लागि वडाले अनुदानमा घार वितरण गर्ने योजना बनाएको उनले सुनाए । आधारभूत तालिमबाट मौरी पालन गरी उत्कृष्ट कृषक छनौट गरिने उनले सुनाए । उत्कृष्ट कृषकको लागि वडा कार्यालयल थप कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।