close

नदीजन्य सामग्रीकाे उत्खनन्काे लागि ठेकेदार नआएपछि...

नदीजन्य सामग्रीकाे उत्खनन्काे लागि ठेकेदार नआएपछि...

Trulli
ADVERTISEMENT

बर्दिया– राजापुर नगरपालिकाले नदीजन्य सामग्री उत्खननको लागि तेस्राे पटक सूचना जारी गरेकाे छ । नदीजन्य सामग्रीकाे उत्खनन्काे लागि दुई पटकसम्म सूचना जारी गर्दा पनि कुनै आवेदन नपरेपछि पुन:सूचना गरेकाे हाे।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि कर्णाली नदीजन्य सामग्रीको बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (३) बमोजिम वातावरण अध्ययन प्रतिवेदनले तोकेको स्थान, क्षेत्र र परिमाणमा नदीजन्य सामग्री उत्खननको बिक्री गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वीकृतमा सामान्य श्रममुलक प्रविधिको प्रयोग गरी मापदण्दको दफा ४ को उपदफा ५ बमोजिम अनुसूची– क बमोजिम गत साउन ४ गते र गत कार्तिक १३ गते दुई पटकसम्म सूचना जारी गरेको नगर प्रमख दिपेश थारुले जानकारी दिए । नदीजन्य सामाग्री उत्खनन्का लागि दुई पटकसम्म आवेदन आह्वान गर्दा आवेदन नपरेको नगर प्रमुखले पालिकाखबरलाई जानकारी दिए ।

‘निर्माण व्यवसायीहरुले सिन्डिकेट लगाएका कारण आवेदन पर्न नसकेको प्रमुख प्रशासकीय महेन्द्रजंग शाहीको अनुमान छ ।,’ सो सम्बन्धी कार्यपालिकाको बैठकमा छलफलपछि चालू आर्थिक वर्षमा निर्माण संरचना उपभोक्ता समिति र ठेक्का मार्फत् भएका आयोजनाका नदीजन्य सामाग्री उपलब्ध नगराए आयोजनाहरु प्रभावित हुने अधिकृत शाहीले बताए ।

सो सम्बन्धमा कार्यपालिकालको ९ औ बैठकमा वातावरणीय प्रतिवेदनका आधारमा बिक्री तथा व्यवास्थापन नगरपालिकाले नै गर्ने निर्णय गरेको जनाएको छ । साथै सो सन्दर्भमा नदीजन्य सामाग्री आवश्यक भएका उपभोक्ता समिति, व्यक्ति, व्यवसायीले कार्यालयले तोकेको ढाँचाको आवेदन दिन सकिने जनाएको छ ।