close

बैसाखमा लगानी सम्मेलन गर्दै लिसंखु पाखर

बैसाखमा लगानी सम्मेलन गर्दै लिसंखु पाखर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- पालिकामा लगागी भित्र्याउन र आन्तरिक आय वृद्धि गर्नका लागि लिसंखु पाखर गाउँपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । 

लिसंखु पाखरका अध्यक्ष राजु लामामा अनुसार लगानी सम्मेलन २०८१ साल बैसाखमा गर्ने तयारी भइरहेको छ । उनका अनुसार स्थानीय सरकार बलियो हुनका लागि पूर्वाधारसँगै आय बलियो हुनुपर्छ । त्यसैले लगानी सम्मेलन गरेर गाउँपालिकामा लगानी भित्र्याउने गाउँपालिकाको योजना छ । 

गाउँपालिका-४ सिक्रेमा गत आर्थिक वर्षदेखि औद्योगिक ग्राम निमार्णको काम भइरहेको छ । औद्योगिक ग्राममा उद्योगी भित्र्याउनको लागि पनि लगानी सम्मेलन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।  सो ग्रामभित्र हाल भौतिक संरचना, बिजुली, पानी र सडक निर्माणसँगै घेराबारको काम तीव्र बनाइएको छ । 

त्यस्तै गाउँपालिकाले आयस्रोत बढाउका लागि व्यवसाय दर्ता तथा नविरकणलाई अनिवार्य गरेको छ । गत आर्थिक वर्षमात्र गाउँपालिकाले एक करोड दुई लाख ८३ हजार १६० रुपैयाँ राजश्व संकलन गर्‍यो । चालु आर्थिक वर्ष ७५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको गाउँपालिकाले माघ मसान्तसम्म ४७ लाख ५४ हजार ७८५ रुपैयाँ संकलन गरिसकेको छ ।

गाउँपालिकाको आयका स्रोत भनेको एकीकृत सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र सेवा शुल्कमात्र हो । तर यसैलाई व्यवस्थित बनाउँदा पालिकाको राजश्व बढेको गाउँपालिकाले जनाएको छ ।