close

कर्मचारीको तलब कटाएर भुकम्प पीडितलाई सहयोग

कर्मचारीको तलब कटाएर भुकम्प पीडितलाई सहयोग

Trulli
ADVERTISEMENT

दाङ– घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको नगर कार्यपालिका बैठकले पालिकाका कर्मचारीको तलबबाट भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । उपमहानगरले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।