close

ललितपुरको महालक्ष्मी र महाङ्कालमा संस्कृति र बिजुलीको पढाइ, अन्यत्र किन बनेन स्थानीय पाठ्यक्रम ?

ललितपुरको महालक्ष्मी र महाङ्कालमा संस्कृति र बिजुलीको पढाइ, अन्यत्र किन बनेन स्थानीय पाठ्यक्रम ?

Trulli
ADVERTISEMENT

ललिपुरको महालक्ष्मी र महाङ्कालमा संस्कृति र बिजुलीको पढाइ, अन्यत्र  किन बनेन स्थानीय पाठ्यक्रम ?

ललितपुर– महालक्ष्मी नगरपालिकाले नगरभित्रका विद्यालयका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको छ ।

 

कक्षा १ देखि ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा स्थानीय विषयको पाठ्यक्रम मस्यौदासमेत नगरपालिकाले तयार पारेको छ ।

 

नगरपालिकाले कक्षा १ र ८ का विद्यार्थीका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका’ नामक पुस्तक प्रकाशन गरिसकेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायतका विषय समेटेर ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका–कक्षा १’ का साथै ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका कक्षा ८’ को पुस्तक तयार गरिसकिएको र यसै शैक्षिक सत्रदेखि यो विषय पढाइ हुने बताए ।


नगरपालिकाले अर्को वर्ष कक्षा २ र ७ कक्षाका लागि पनि स्थानीय पाठ्यपुस्तक तयार गर्ने निर्णय गरिसकेको छ । सबै कक्षाका लागि एकैपटक पाठ्यपुस्तक तयार गर्न सम्भव नभएकाले वर्षैपिच्छे तयार गर्दै जाने योजना महालक्ष्मीको छ ।


दुईवर्ष देखि बिद्युत पढाउदै महाङ्काल

 

जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा रहेको महाङ्काल गाउँपालिकाले २ वर्ष अघिदेखि नै ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था’ सँगको सहकार्यमा ऊर्जा सम्बन्धित स्थानीय पाठ्यपुस्तक पठनपाठन गराइरहेको छ ।

 

२० पूर्णाङ्कको पाठ्यभार रहेको सो पाठ्यपुस्तक गत वर्षको पूरा सत्र पढाइ सकेर यस वर्ष पनि पढाई भइरहेको गाउँपालिका प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।


गोदावरीमा अर्को वर्ष जात र संस्कृति पढाइदै

 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्रका जातजाति, धर्मसंस्कृतिको विषयमा समेटिएको स्थानीय पाठ्यक्रम अनुरुपको पाठ्यपुस्तक पुस्तक आउँदो नयाँ शैक्षिक सत्र २०७८ सालबाट शुरु गर्ने तयारीका साथ चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको जानकारी दिए ।


बागमतीले छ्ट्यायो बजेट

 

वाग्मती गाउँपालिकाले पाठ्यक्रम बनाउन बजेट विनियोजन गरिसकेको जनाएको छ । गाउँपालिकामा विद्यार्थीलाई कस्तो शिक्षाको आवश्यकता परेको छ भनेर पहिचान गरेर मात्रै कृषि, पर्यटन, संस्कृति वा भौगोलिक आधारमा पुस्तक तयार गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईंले बताए ।


कोञ्ज्योसोममा तामाङ संस्कृति प्राथमकितामा

 

कोञ्ज्योसोम गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । कोञ्ज्योसोममा तामाङ जातिको बाहुल्य रहेको ले उनीहरुको संसकार र संस्कृतिअनुसारको पाठ्यपुस्तक तयार गर्ने विषयमा छलफल भइरहेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताए ।


महानगर अझै तातेन


ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल भइनसकेको जनाएको छ । मुलुकमा फैलिरहेको कोरोना कहरका कारण सम्बन्धित निकायसँग छलफल नै गर्न बाँकी रहेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । ‘महानगरपालिकाको एक चरणको बैठक बसेपछि शिक्षाविद्सँग छलफल गरेर मात्र यसतर्फ ध्यान दिनेछौं,’ उनले भने ।