close

सिदिङ्वाका १० विद्यालयलाई प्रोत्साहन अनुदान 

सिदिङ्वाका १० विद्यालयलाई प्रोत्साहन अनुदान 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका १० वटा विद्यालयलाई अनुदान रकम दिने भएको छ । विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर बढाउन पालिकाले प्रोत्साहन स्वरूप अनुदान दिने भएको हो ।


शौचालय निर्माण, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला तथा पुस्तकालय र शिक्षण सिकाइमा प्रविधिमैत्री उपकरणको प्रयोगका लागि यस्तो अनुदान रकम दिन लागिएको हो । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार ७ वटा विद्यालयले शौचालय निर्माण, २ वटाले विज्ञान प्रयोगशाला तथा पुस्तकालय र एउटा विद्यालयले प्रविधिमैत्री पढाइका लागि आइसीटीको प्रयोगका लागि अनुदान पाउने छन् । उनले ती विद्यालय छनोटसमेत भइसकेको जानकारी दिए । तर अनुदान प्राप्त गर्न ती विद्यालयले आवेदन पेश गर्नुपर्नेछ ।

 

अनुदान पाउन विद्यालयले २० फागुनभित्र विद्यालय व्यवस्थापन समितिको निर्णय, वडाको सिफारिस, लागत अनुमान तथा कार्यक्रम प्रस्तावनासहित पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दिनुपर्नेछ ।


२० फागुन सम्ममा रीतपूर्वक कागजात र आवेदन नदिए अनुदान योजना अन्य विद्यालयलाई दिइने प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए ।