close

संस्कृत शिक्षालाई जीवन्त राख्नुपर्छ : शिक्षामन्त्री पौडेल

संस्कृत शिक्षालाई जीवन्त राख्नुपर्छ : शिक्षामन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ,’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ ।’

 

उनले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवं मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौँ अन्तज्र्ञानको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्नेमा जोड दिए ।

 

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै यसबारे मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ । 

 

‘शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने,‘ शिक्षाले व्यक्तिको सर्वत्तोमुखी विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ ।’