close

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउँदै बिर्तामोड

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउँदै बिर्तामोड

Trulli
ADVERTISEMENT

झापा–गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । यसका लागि राज्यको लगानी पर्याप्त हुनैपर्छ । शैक्षिक गुणस्तर मात्र नभई जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ । शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी झापाको बिर्तामोड नगरपालिकाले लगानी बढाउँदै लगेको छ । नगरपालिकाको पहलकै कारण शिक्षामा सबैको पहुँच विस्तार भएको छ ।

 

बिर्तामोड नगरपालिकाको तय गरेका आठ वटा विकासका लक्ष्यमा प्राथमिक शिक्षाको पहुँच पु¥याउने नीति लिएको छ । यसका लागि बालशिक्षा कक्षादेखि उच्च शिक्षालाई गुणस्तरीय बनाउन जोड दिँदै गयो । यसका लागि नगरले ‘बालमैत्री शिक्षण सिकाइको सपना, आचरणयुक्त समाजको परिकल्पना’ नारा नै अघि सा-यो ।

 

शिक्षण सिकाइलाई सहज र प्रभावकारी बनाउन कक्षाकोठाको उचित व्यवस्थापन हुनु आवश्यक छ । यो तथ्यलाई मनन् गरेरै नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापनमा ध्यान दिएको छ ।

 

नगरपालिकाले नगरका सबै १८ वटै सामुदायिक विद्यालय र एउटा धार्मिक गरी १९ वटा विद्यालयमा स–साना नानी पढ्ने कक्षाकोठामा पार्केटिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र नगर प्रमुख ध्रुवकुमार शिवाकोटी बताउँछन् ।

 

नगरपालिकाले एउटा कक्षाकोठालाई बालमैत्री बनाउन आर्थिक सहयोग गरेपछि विद्यालयले आफ्नै स्रोत परिचालन गरेर थप कोठालाई बालमैत्री बनाएका छन् । साना नानी पढ्ने कोठा पार्केटिङ गरेर चिटिक्क पारेपछि बालबालिकाको सरसफाइमा पनि अभिभावकले ध्यान दिन थालेका छन् ।

 

कक्षाकोठा सफा र बालमैत्री नहुँदा अभिभावकले केटाकेटीलाई मैला कपडामै स्कुल पठाउने गर्थे । तर, अहिले कक्षाकोठा सफा हुन थालेपछि अभिभावले  आप्mना छोराछोरीलाई सफा बनाएरै विद्यालय पठाउन थालेको नगरपालिकामा रहेको देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठको भनाइ छ ।

 

बालमैत्री बनाइएका कारण बालबालिकालाई चिसो लाग्ने र उनीहरु बिरामी हुने क्रम रोकिएको छ । बालविकास कक्षामा शिक्षक÷विद्यार्थी निर्मित सामग्री व्यवस्थापन गर्न ¥याक तथा दराज निर्माण गरिएको छ । यसले पनि सिकाइमा फरकपन ल्याएको शिक्षा शाखा प्रमुख भण्डारीको बुझाइ छ ।

 

कक्षा ३ र ४ मा आचरण तथा सचेतना शिक्षा स्थानीय पाठ्यक्रमका रूपमा लागू गरिएको छ । नगरभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयन गरिएको छ । 

 

बाल विकासदेखि कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । त्यसका लागि सबै विद्यालयमा खाजाघर व्यवस्था गर्ने नीतिअनुसार नगरपालिकाले भएका खाजा घरको मर्मत तथा नभएका ठाउँमा नयाँ खाजाघर निर्माण गरेको छ ।

 

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सबै विद्यालयमा बालक्लब गठन गरिएको नगरप्रमुख शिवाकोटीले बताए ।सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ३ देखि कक्षा ८ सम्म यो पाठ्यपुस्तक कार्यान्वयन गरिएको छ । कोभिड–१९ संक्रमणबाट बच्न विद्यालयमा न्यूनतम प्राथमिक सुरक्षाका लागि थर्मल गन, साबुन, मास्क, पानी राख्ने बाल्टीलगायतका सामग्री व्यवस्था गरिएको छ ।

 

संस्थागत विद्यालयले नियमानुसार उपलब्ध गराउने छात्रवृत्तिलाई सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । शिक्षामा यसरी तयार गरिएको योजनाले पाँच वर्षमा नगरको शैक्षिक क्षेत्रमा देखिने गरी परिवर्तन आएको छ ।