close

कोरोना बढेपछि मेन्छयायेम पालिकाका सबै विद्यालयले चार दिन बन्द

कोरोना बढेपछि मेन्छयायेम पालिकाका सबै विद्यालयले चार दिन बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा सबै विद्यालयले चार दिन सार्वजनिक विदा दिएका छन् । 

पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेपछि गाउँपालिकाले आइतबार सबै विद्यालयमा पत्र पठाई साउन २३ गते सोमबारदेखि २६ गते बिहीबारसम्‍म बिदाका लागि  दिएको हो । 

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले कोरोना संक्रमणबाट शिक्षक र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपरेको बताए ।