close

भक्तपुर नगरपालिकाका १२० विद्यार्थीले पाए छात्रवृत्ति

भक्तपुर नगरपालिकाका १२० विद्यार्थीले पाए छात्रवृत्ति

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । आइतबार एक समारोहबीच पालिकाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । 

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार भक्तपुर नगरपालिका छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकतामा आधारमा छनोट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको नगरपालिकाले जनाएको छ ।
 
नगर प्रमुख सुनील प्रजापतिले विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने बताए । उनले  अध्ययनशील र मेहनती विद्यार्थीहरुको हरेक क्षेत्रमा विशेष महत्व रहने भएकोले पढाइमा ध्यान दिन विद्यार्थीहरुलाई अनुरोध गरे । 

उनले आर्थिक अभावका कारण नगरभित्रका कुनै पनि विद्यार्थी पढाईबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले पालिकाले विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको बताए । 

पालिकाले व्यवस्थापन संकायका ६३, विज्ञान संकायका ३८, मानविकी संकायका ९ जना र शिक्षा संकायका ६ जना गरी ख्वप मावि, बागीश्वरी मावि, बासु मावि र आदर्श आजाद कलेजका जम्मा १२० जना विद्यार्थीहरु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।