close

संविधान दिवसमा नगरप्रमुखद्वारा विद्यालयलाई सहयोग

संविधान दिवसमा नगरप्रमुखद्वारा विद्यालयलाई सहयोग

Trulli
ADVERTISEMENT

रौतहट । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आफ्नो व्यक्तिगत लगानीमा एक विद्यालयलाई सहयोग गरेका छन् । 

संविधान दिवसको अवसर पारेर प्रमुख साहले जूद्ध नमूना माध्यमिक विद्यालयलाई २५ थान कुर्सी हस्तान्तरण गरेका हुन् । विद्यालयमा कुर्सीको समस्या देखेर नगरपालिकाको वडा नम्बर-२ अवस्थित विद्यालयलाई कुर्सी वितरण गरेको नगर प्रमुख साहले पालिका खबरलाई बताए । 

देशकै चौथो ऐतिहासिक विद्यालय भए पनि त्यहाँ भौतिक समस्या छ भने प्रधानाध्यपकलाई पनि अनियमितताको आरोप लागेर अहिले छानबिन भइरहेको नगरपालिकाले जनाएको छ ।