close

प्रश्नपत्रमा त्रुटि देखिएपछि बराहक्षेत्रमा परीक्षा रद्द, प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘तत्काल निलम्बन गरेर कारवाही गर्छु’

‘जिम्मेवारीका हिसाबले शिक्षा शाखा भएपनि शिक्षा अधिकारी सोझो र इमान्दार हुनुको फाईदा उठाउनेहरु अब कारवाहीमा पर्नेछन्, ढुक्क हुनुस् ।’

Trulli
प्रश्नपत्रमा त्रुटि
ADVERTISEMENT

सुनसरी । नेपाली विषयको प्रश्नपत्रमा थुप्रै त्रुटि देखिएपछि बराहक्षेत्र नगरपालिकाले परीक्षा रद्द गरेको छ । कक्षा ७ को दोश्रो चौमासिक परीक्षाका लागि तयार भएको प्रश्नपत्रमा त्रुटि देखिएपछि नगरपालिकाको शिक्षा शाखाले परीक्षा नै रद्द गरेको हो । 

१२ गते मंगलबार कक्षा ७ को नेपाली विषयको परीक्षा सम्पन्न भइसकेपछि मात्रै नगर शिक्षा शाखाले त्रुटि पहिचान गरेको थियो । बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकास सिटौलाले प्रश्नपत्र जस्तो संवेदनशिल विषयमा लापरवाही गर्नेहरु दण्डको भागिदार हुने पालिका खबरलाई बताए । 

‘प्रश्नपत्रमा त्रुटि हुनुका कारण र त्यसका जिम्मेवार व्यक्तिहरुलाई तत्काल निलम्बन गरेर कारवाही प्रक्रिया अगाडि बढाउनेछु’ प्रमुख प्रशासकीय अधिकृत सिटौलाले पालिका खबरसँग भने, ‘जिम्मेवारीका हिसाबले शिक्षा शाखा भएपनि शिक्षा अधिकारी सोझो र इमान्दार हुनुको फाईदा उठाउनेहरु अब कारवाहीमा पर्नेछन्, ढुक्क हुनुस् ।’ 
 
यस्तो छ, त्रुटि देखिएको प्रश्नपत्र