close

एमविविएस र विईमा ५० प्रतिशत छात्रवृत्ति

एमविविएस र विईमा ५० प्रतिशत छात्रवृत्ति

Trulli
ADVERTISEMENT

दार्चुला । दुहुँ गाउँपालिकाले एमविविस र विई पढ्नले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने जनाएको छ । 

आर्थिक वर्ष २०७९ /०८० को कार्यक्रम अनुसार प्राविधिक शिक्षातर्फ स्नातक तहमा एमविविएस तथा विई अध्ययन गर्जे विद्यार्थीका लागि गाउँपालिकाबाट शिक्षालय तथा क्याम्पसमा लाग्ने कूल शुल्कको ५० प्रतिशत छात्रवृत्तिबापत उपलब्ध गराइने छ ।

कार्यक्रममा सहभागी हुन चाहने स्थानीयले कक्षा १२ को शैक्षिक प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

 दुबै विषयमा एक एक गरी दुइृ जनालाई छात्रवत्ति वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।