close

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

रसुवा। कालिका गाउँपालिकाका दुई विद्यालयले छात्रछात्रालाई  निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । 

दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए। ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन  गरिँदै आएको छ । 

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन् । यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन । जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन् ।