close

विद्यालयकाे कार्यक्रममा पालिका अध्यक्ष र उपाध्यक्षमध्ये एक जना अनिवार्य उपस्थित

विद्यालयकाे कार्यक्रममा पालिका अध्यक्ष र उपाध्यक्षमध्ये एक जना अनिवार्य उपस्थित

Trulli
ADVERTISEMENT

खोटाङ– साकेला गाउँपालिकाले विद्यालयले सञ्चालन गर्ने औपचारिक कार्यक्रममामा अध्यक्ष तथा अपाध्यक्ष अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरेको छ । यसका लागि गाउँपालिकाले औपचारीक कार्यक्रम सञ्चालन गर्दा पालिकालाई विद्यालयले अनिवार्य जानकारी दिनुपर्ने व्यवस्था गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित विद्यालयका प्रधानाध्यापकहरुको बैठकले औपचारिक कार्यक्रम सञ्चालन गर्दा पालिकालाई अनिवार्य जानकारी गराउने निर्णय गरेको छ । शैक्षिक सुधारकाे लागि प्रधानाध्यपकहरुकाे बैठकले मंगलबार सो निर्णय गरेकाे हाे ।जनप्रतिनिधि अभिभावकको हिसाबले विद्यालयकाे कार्यक्रममा उपस्थित हुन सो निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिर्सीका राईले बताइन् ।  उनले भनिन्, ‘विद्यार्थी, शिक्षक र अभिभावकसँग नजिक भएर उहाँहरुको कुरा सुन्नको लागि यस्तो निर्णय गरेका हौँ । औपचारीक कार्यक्रममा उपस्थित भएर पालिकाले आफ्नो कुरा सुनाउने र उहाँहरुलाई प्रोत्साहन गर्ने जस्ता काम गछौँ ।’

पालिकामा रहेका सबै सामूदायिक विद्यालयका कार्यक्रममा सकेसम्म उपस्थित हुने उपाध्यक्ष राईले पालिकाखबरलाई जानकारी दिइन् । साकेलामा २८ ओटा सामुदायिक विद्यालय छन् । जसमध्ये ५ ओटा माध्यमिक विद्यालय र अन्य आधारभूत विद्यालय हुन् । 

यस्तै महिलाहरुको लागि गाउँपालिकाले महिला मैत्री नीति पास गरेको उपाध्यक्ष राईले जानकारी दिइन् । महिलाहरुलाई मिल लगायतका उपकरण, महिला समूहका सामुदायिक भवनका लागि आवश्यक सामाग्री उपलब्ध गराएर महिलालाई उत्प्रेरणा जगाउने काम गरिरहेको उनले सुनाइन् ।