close

त्रिवेणीमा खै शिक्षाका लागि बजेट ?

त्रिवेणीमा खै शिक्षाका लागि बजेट ?

Trulli
ADVERTISEMENT

रोल्पा - त्रिवेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा न्यून बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा क्षेत्रको लागि तलब र बैठकको लागि मात्रै बजेट विनियोजन गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेशप्रसाद आचार्यले शिक्षा क्षेत्रको लागि शाखाले बजेट माग गरे पनि विनियोजन नभएको गुनासो गरे । आफूहरूले बजेट माग गरेपनि कार्यपालिका बैठकले विनियोजन नगरेको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । पालिकाभित्र पाँच हजार विद्यार्थी अध्ययरनत रहेका छन् ।