close

पूर्ण साक्षर नगरपालिका बन्दै बरहथवा नगरपालिका

पूर्ण साक्षर नगरपालिका बन्दै बरहथवा नगरपालिका

Trulli
ADVERTISEMENT

सर्लाही- बरहथवा नगरपालिका पूर्ण साक्षर पालिका बन्ने भएको छ । बरहथवा नगरपालिकालाई साक्षर बनाउन अन्तिम तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आइतबार एक कार्यक्रमका बीच पूर्ण साक्षर बनाउन बरहथवा अभियान कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको छ।

जसअनुसार असोज -७ गते निरक्षर व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने, असोज १८ गते देखि मंसिर १८ गते सम्ममा साक्षरता विस्तार गर्न २ महिने कार्यक्रम सञ्चालन गर्ने, मंसिर १९ र २० गते प्रमाणीकरण गर्ने , मंसिर २१ तथा २२ गते पूर्ण साक्षर पालिका घोषणा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

बाल विकास नेपालको सहजीकरण तथा बरहथवा नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बरहथवा नगरपालिका पूर्ण साक्षर पालिका बनाउन साक्षरता सिकाइको ढाँचा, विधिलगायतका विषयमा छलफल गरिएको थियो ।