close

सिमकोटमा बालविवाह शून्य तर बीचैमा विद्यालय छाेड्ने समस्या

सिमकोटमा बालविवाह शून्य तर बीचैमा विद्यालय छाेड्ने समस्या

Trulli
ADVERTISEMENT

हुम्ला- सिमकोट गाउँपालिकाको शैक्षिक प्रोफाइल प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रकाशनको लागि ७० प्रतिशत काम सम्पन्न भइसकेकाे छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बर्षबहादुर फडेराले उक्त प्रोफाइलमा पालिकाभित्रका, विद्यालय, शिक्षक, विद्यार्थी, साक्षरतालयागत सबै शैक्षिक तथ्यांक समेटिने पालिका खबरलाई बताए । साथै प्रेरणामूलक, अनुसन्धानमूलक एवं विश्लेषणात्मक लेखसमेत प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्र विद्यालय उमेरमा बालविवाह गर्नेको संख्या शून्य रहेको शिक्षा शाखा प्रमुख फडेराले दाबी गरे । उनका अनुसार बीचमा विद्यालय छोड्नेको संख्या रहे पनि बालविवाह गर्नेको संख्या नरहेको पालिकाखबरलाई बताए । 

पालिकाभित्र बीचैमा विद्यालय छोड्नेको संख्या करिब १.५० प्रतिशत रहेको शिक्षा शाखा प्रमुख फडेराले पालिकाखबरलाई बताए । पालिकाभित्र कूल विद्यार्थी संख्या ४ हजार ११ जना छन् ।