close

विपन्नलाई डाक्टर पढाउँदै जयपृथ्वी नगरपालिका

विपन्नलाई डाक्टर पढाउँदै जयपृथ्वी नगरपालिका

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

बझाङ – जयपृथ्वी नगरपालिकाले पालिकाका स्थानीय विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाइरहेको छ । नगरपालिकाले पालिकाका दुईजना विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाएको हो । 

गत वर्ष १ जना र चालू आर्थिक वर्षमा १ जना गरी दुई जनालाई निःशुल्क अध्यापन गराइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख निरजप्रसाद रेग्मीले बताए । ‘गत वर्ष विपन्न परिवारबाट छात्रलाई एमबीबीएस पढाइएको थियो । यो वर्ष छात्रालाई एमबीबीएस पढाएका छौँ,’ उनले भने । एमबीबीएसको पढाइ पूरा गरिसकेपछि भने नगरपालिकाको लागि ३ वर्ष अनिवार्य काम गर्नुपर्ने सम्झौता गराएर निःशुल्क पढाइएको उनले पालिकाखबरलाई जानकारी दिए । 

नगरपालिकाले गत वर्षदेखि प्रत्येक वर्ष एक जनाका दरले विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाइरहेको छ । पालिकाको सहयोग पाएका विद्यार्थीले नेपालभित्रका जुनसुकै शैक्षिक संस्थाबाट एमबीबीएस अध्ययन गर्न सक्ने शिक्षा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।