close

शहीद शुक्रमा १ विद्यार्थीलाई पढाउने ३ शिक्षकको दरबन्दी

शहीद शुक्रमा १ विद्यार्थीलाई पढाउने ३ शिक्षकको दरबन्दी

Trulli
फाइल तस्विर
ADVERTISEMENT

पर्वत कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित शहीद शुक्र आधारभूत विद्यालयमा तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत छन् तर विद्यार्थी भने एक जना मात्र छन् । 

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ति एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए । 

कुनै समय २५/३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा  अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उनको भनाइ थियो । एक जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए ।