close

विद्यार्थीलाई दिवा खाजा : १५ रुपैयाँको खाजा कति स्वस्थकर होला ?

विद्यार्थीलाई दिवा खाजा : १५ रुपैयाँको खाजा कति स्वस्थकर होला ?

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– जुगल गाउँपालिकाले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइरहेको छ । नेपाल सरकारले गत आर्थिक वर्षसम्म कक्षा ६ सम्म दिवा खाजा खुवाए पनि चालु आर्थिक वर्षमा कटौती गरेर कक्षा ५ सम्म मात्र दिवा खाजा खुवाएपछि गाउँपालिकाले आफैंले कक्षा ६ लाई दिवा खाजा खुवाएको हो । 

प्रतिविद्यार्थी १५ रुपैयाँका दरले पालिकाका सामूदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाएको पालिकाका शिक्षा शाखा अधिकृत प्रदिप पराजुलीले बताए । यस्तै गाउँपालिकाले शिक्षक दरबन्दी मिलान तथा बाल विकास शिक्षक नियुक्ति गरेर तथा शिक्षकहरुको लागि तालिमको व्यवस्था गरेर शैक्षिक सुधारको काम गरिरहेको उनले जानकारी दिए । 

गाउँपालिकाले कक्षा ५ सम्मको पाठ्यपुस्तक निर्माण गरिसकेको र यसको छपाईको काम यस आर्थिक वर्षमा गर्ने तयारी गरेको उनले बताए । ‘कक्षा ८ सम्म पाठ्यक्रम तयार गरेर पढाइरहेका छौँ,’ आगामी वर्षमा कक्षा ८ सम्मको स्थानीय पाठ्यपुस्तक छाप्ने उनले पालिकाखबरलाई बताए । विद्यालयको सुरक्षाको लागि घेराबार, प्रशासनिक कार्यालयको व्यवस्थापन आदिको लागि समेत पालिकाबाट बजेट विनियोजन गरेको शाखा अधिकृत पराजुलीले बताए । 

जुगल गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा शाखाको लागि लगभग ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।