close

आन्तरिक स्रोतबाट शिक्षकको पदपूर्ति

आन्तरिक स्रोतबाट शिक्षकको पदपूर्ति

Trulli
ADVERTISEMENT

सिराहा - कल्याणपुर नगरपालिकाले आन्तरिक स्रोतबाट शिक्षकको व्यवस्थापन गर्ने भएको छ । सामुदायिक विद्यालयमा दरबन्दी शिक्षक अपुग भएपछि नगरपालिकाले व्यवस्थापन गर्न लागेको हो । 

नगरपालिकाको शिक्षा शाखाका प्रमुख जय प्रसाद दासको अनुसार पालिकामा चालु आर्थिक वर्षमा ६ जना शिक्षकको व्यवस्थापन गर्ने छ । शिक्षक व्यवस्थापनको लागि नगरपालिकाले विज्ञापन आव्हानसमेत गरिसकेको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार यसअघि नगरपालिकाले १९ जना शिक्षक व्यवस्थापन गरिसकेको छ । शिक्षकको व्यवस्थापन गरी आवश्यकता अनुसार विद्यालयमा पठाइने उनले सुनाए । उनका अनुसार नगरपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।