close

शैक्षिक सुधारको लागि रचनात्मक कार्य

शैक्षिक सुधारको लागि रचनात्मक कार्य

Trulli
ADVERTISEMENT

लमजुङ - सुन्दरबजार नगरपालिकाले शैक्षिक सुधारको लागि रचनात्मक कार्यलाई प्राथमिकता दिँदै आएको छ । नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि रचनात्मक कार्यलाई जोड दिँदै आएको हो । 

नगरपालिकाका शिक्षा शाखाका प्रमुख ठाकुर जी तिवारीका अनुसार नगरपालिकाले शिक्षक सम्मेलन गरेको छ । शिक्षक सम्मेलनबाट पाँच वटा विषयगत सञ्जाल गठन गरिएको उनले पालिकाखबरलाई बताए । शिक्षक र विद्यार्थीको दायित्व र कर्तव्य परिपालनाको लागि १३ बुँदे शिक्षक प्रतिबद्धता तयार गरेको र सोही प्रतिवद्धता अनुरुप काम गर्न लगाएको उनले  सुनाए । 

नगरपालिकाले गत शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको उनले सुनाए । पाठ्यक्रममा केही कमजोरी भएमा सोही शिक्षक सञ्जाल तथा स्थानीय विज्ञको समूहबाट परिमार्जन गर्ने उनले बताए । 

नगरपालिकाले करार सेवामा कर्मचारी खडा नगरी स्थानीय शिक्षक तथा विज्ञको सहयोगमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको उनले बताए । यसो गर्दा थोरै लगानीमा पनि राम्रो पाठ्यक्रम तयार भएको उनको भनाइ छ । उनकाे अनुसार दुई लाख रुपैयाँमा स्थानीय पाठ्यक्रम निर्माण गरिएकाे छ । 

नगरपालिकाले शैक्षिक क्यालेण्डर निर्माण गरेको छ । सोही शैक्षिक क्यालेण्डर अनुरुप कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ ।