close

स्वदेशी प्याड उत्पादनमात्र खरिद गर्दै कमलामाई

स्वदेशी प्याड उत्पादनमात्र खरिद गर्दै कमलामाई

Trulli
ADVERTISEMENT

सिन्धुली– कमलामाई नगरपालिकाले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको हो । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरराज लुईटेलका अनुसार पालिकामा ८४ वटा विद्यालय सञ्चालनमा छन् । ती मध्ये ३४ वटा विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरिन्छ । कक्षा ६ माथिल्लो तहसम्म अध्ययन गर्ने छात्राहरुलाई प्याड उपलब्ध गराइने उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाले शिक्षा तथा मानव सीप विकास केन्द्रको स्यानिटरी प्याड वितरण कार्यविधि २०७६ अनुसार स्यानिटरी प्याड वितरण गरेको उनले बताए । उनले भने, ‘नेपालमै धेरै किसिमका प्याड उत्पादन गर्ने कम्पनी छन् । २५ लाख सम्मका स्वदेशमा उत्पादित प्याड खरिद गर्दा टेण्डर आह्वान गर्नु नपर्ने रहेछ । तर कम्पनीले राष्ट्रिय पत्रिकामा मुल्य तोकेर यतिमा खदिर गर्छु भनेर विज्ञापन दिनुपर्छ ।’ सोही अनुसार कोटेशनमार्फत स्वदेशी प्याड खरिद गर्ने योजना नगरपालिकाको रहेको उनले सुनाए । 

नगरपालिकाको विद्यार्थीहरुलाई कपडाबाट निर्मित प्याडको प्रयोगमा प्रोत्साहन गर्ने योजना समेत रहेको शिक्षा शाखा प्रमुख लुईटेलले बताए । तर हालसम्म स्यानिटरी प्याडको प्रयोग र बिसर्जनका विषयमा विद्यार्थीलाई कुनैपनि तालिम उपलब्ध नगराएको उनको भनाई छ । उनको अनुसार नगरपालिकाले प्याड खरिदका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।