close

स्थानीय पहिचान झल्काउने 'हाम्रो बनगाड हाम्रो कुपिण्डे' विद्यालयमा

स्थानीय पहिचान झल्काउने 'हाम्रो बनगाड हाम्रो कुपिण्डे' विद्यालयमा

Trulli
ADVERTISEMENT

सल्यान– बनगाड कुपिण्डे नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ बाट 'हाम्रो बनगाड हाम्रो कुपिण्डे' पाठ्यक्रम कार्यान्वयनमा ल्याएकाे छ । नगरपालिकाले स्थानीय सम्पदा, संस्कृती, पहिचान चिनाउने साे पाठ्यक्रम कार्यान्वयनमा ल्याएकाे हाे । 

चालू आर्थिक वर्ष २०८० देखि पालिकाभित्रका सबै विद्यालयमा साे पाठ्यक्रम पठनपाठन शुरु गरेको शिक्षा प्राविधिक शाखा धुव्रकुमारी थापाले पालिकाखबरलाई बताइन् । स्थानीय पाठ्यक्रममा नगरपालिकामा भएका व्यावसाय, कलासंस्कृती, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदालगायत समेटर तयार पारेको उनले बताइन्।

'स्थानीय स्तरमा भएका गतिविधि र विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार पारेका छौँ,'  उनले भनिन् । 

पालिकामा पेशागत क्षमता अभिवृद्धि गर्ने, तलबभत्ता दिने, राष्ट्रपति रनिङ शिल्ड, दिवाखाजा, मेयरकप, स्थानीय पाठ्यक्रमलगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने शिक्षा प्राविधिक शाखा थापाले बताइन् ।