close

६ महिनाका लागि शे फोक्सुण्डोका सबै विद्यालय बन्द

६ महिनाका लागि शे फोक्सुण्डोका सबै विद्यालय बन्द

Trulli
ADVERTISEMENT

डोल्पा- शे फोक्सुण्डो गाउँपालिकामा जाडो सुरु भएसँगै विद्यालयहरू बन्द गरिएको छ । जाडोका कारण विद्यार्थीहरू विद्यालय जानै नसक्ने भएपछि गाउँपालिकाले दशैंलगत्तै जाडो विदा दिएको हो । 

गत कातिक १३ गतेदेखि गाउँपालिकाभरका सबै विद्यालय बन्द गरी जाडो बिदा दिइएको गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङले पालिकाखबरलाई बताए । अब आगामी बैसाखमा मात्र पालिकाका शैक्षिक संस्थाहरू खुल्नेछन् । अत्यधिक चिसोका कारण पालिकामा ६ महिनाामात्र पढाइ हुन्छ । बाँकी ६ महिना शैक्षिक संस्था बन्द गरिन्छ ।

गाउँपालिकामा एक वटा मावि र ८ आधारभूत गरी ९ वटा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकामा विगतमा १३ विद्यालय रहे पनि विद्यार्थी अभावका कारण हाल ९ वटामात्र सञ्चालनमा छन् ।