close

स्नातक पास गरेका अविवाहित किशोरीलाई आवेदन दिन पालिकाको आग्रह

स्नातक पास गरेका अविवाहित किशोरीलाई आवेदन दिन पालिकाको आग्रह

Trulli
ADVERTISEMENT

सिन्धुली- मरिण गाउँपालिकाले यो वर्ष विवाह नगरी स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ । पालिकाले महिला शिक्षालाई प्राथमिकतामा राख्दै विवाह नगरी स्नातक तह उत्तीर्ण गरेका किशोरीलाई प्रोत्साहन रकम दिन लागिएको गाउँपालिका उपाध्यक्ष विमला माझीले पालिकाखबरलाई बताइन् । 

बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्नसँगै विशेष गरी महिलाको पहुँच पुर्‍याउन यो कार्यक्रम उपाध्यक्ष माझीको भनाइ छ । तर पालिका पालिकाको सो भत्ता पाउन पालिकामै रहेको उच्च माविमा पढेको हुनुपर्ने सर्त छ । पालिकाभित्र स्नातकसम्म पढाइ हुने एकमात्र उच्च मावि  कपिलाकोट रहेको उपाध्यक्ष माझीको भनाइ छ । 

सो कार्यक्रमका लागि गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरी गत मंसिर १० गते निवेदन दिन आग्रह गरेको छ । भत्ता वितरण गर्नका लागि भर्खर १५ दिने सूचना प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका उपाध्यक्ष माझीका अनुसार तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरूको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुग्ने उनको भनाइ छ । 

गाउँपालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राहरूको सङ्ख्या न्यून रहेको र बाल अवस्थामै विवाह गर्ने दर बढेपछि यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । गत वर्ष पनि यो कार्यक्रमबाट ५ जना किशोरीले जनही एक लाख रुपियाँ प्रोत्साहन भत्ता पाएका थिए ।