close

बीचमै पढाइ छाेड्ने बालबालिकालाई औरहीमा वैकल्पिक शिक्षा

बीचमै पढाइ छाेड्ने बालबालिकालाई औरहीमा वैकल्पिक शिक्षा

Trulli
ADVERTISEMENT

महोत्तरी– औरही नगरपालिकाले विद्यालय बाहिरका बालबालिकाहरूलाई अनौपचारिक तथा वैकल्पिक शिक्षा दिँदै आएकाे छ ।  विभिन्न कारणले बीचमै विद्यालय छोडेका बालबालिकालाई शिक्षा दिनकाे लागि साे कार्यक्रम सञ्चालनमा ल्याएका नगरपालिकाले जनाएको छ । 

विद्यालयमा आएर पढ्ने वातावरण मिलोस् भनेर अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाकाे शिक्षा शाखा प्रमुख धनबहादुर राईले बताए । अनौपचारिक तथा वैकल्पिक शिक्षा दिएर शिक्षाको पहुँचबाट वञ्चित भएका ५ वर्षदेखि १३ वर्षका बालबालिकाहरू रहेको उनले पालिकाखबरलाई सुनाए ।

विभिन्न कारणले शिक्षाबाट वञ्चित भएका बालबालिकालाई विद्यालयको पठनपाठनमा ल्याउन कार्यक्रम सञ्चालन गर्दै आएको शाखा प्रमुख राईले पालिकाखबरलाई बताए ।