close

भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस गर्ने

भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस गर्ने

Trulli
ADVERTISEMENT

डडेल्धुरा– भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पालिकाले सरोकारवालासँग बृहत बहस कार्यक्रम मंसिर २५ गते अर्थात् भोली गर्ने भएको हो ।

भागेश्वर गाउँपालिकामा ‘शैक्षिक सुधार वर्ष २०८०’ घोषणा गरेकाे र सोही अनुरुप बहस कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, गाउँ शिक्षा समितिका पदाधिकारी, सवै प्रधानाध्यापकहरू, स्थानीयपालिकास्थित राजनैतिक दलका प्रमुखहरु, पूर्व शिक्षक, पत्रकार, गाउँपालिकाका पदाधिकारी, कर्मचारी र सहयोगी संस्था लुःनिभा बीच बहस हुने जनाइएको छ ।