close

कोटहीमाईका उत्कृष्ट २ विद्यार्थीलाई २५ हजार

कोटहीमाईका उत्कृष्ट २ विद्यार्थीलाई २५ हजार

Trulli
ADVERTISEMENT

रुपन्देही– कोटहीमाई गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाले गत एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको हो । 

गाउँपालिकाले स्थापना गरेको ‘एसईई उत्कृष्ट जिपिए पुरस्कार’ अन्तर्गत शुक्रबार विद्यार्थीलाई सम्मान गरेको छ ।  उत्कृष्ट जिपिए ल्याउने एकजना छात्र र एकजना छात्रालाई  २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

परीक्षामा सहभागी छात्रहरू मध्ये कोटहीमाई ५ को श्री मर्चवार आदर्श माध्यमिक विद्यालयका छात्र राजेश कुमार लोधले ३.२० जिपीए र छात्राहरु मध्ये कोटहीमाई ३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयका की छात्रा सुमन यादवले ३.१० जिपिए ल्याई पुरस्कार हासिल गरेको गाउँपालिकाका शिक्षा शाखाका मनोहर चौधरीले जानकारी दिए ।