close

एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिँदै पाथिभरा याङवरक

एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिँदै पाथिभरा याङवरक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– डाक्टर पढ्न चाहने पाथिभरा याङवरकबासीलाई गाउँपालिकाले अध्ययनको लागि सहज वातावरण बनाइदिने भएको छ । गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनमा सहज बनाइदिन लागेको हो । 

गाउँपालिका शिक्षा शाखा अधिकृत लासाङ तामाङकाअनुसार आर्थिक विपन्न परिवारका एमबीबीएस अध्ययन गर्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । 

यसका लागि गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न इच्छुक विद्यार्थीको आवेदन माग गरेको छ । अध्यनन गर्न इच्छुक विद्यार्थीले पुस ८ गते भित्रमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने शाखा अधिकृत तामाङले जानकारी दिइन् । 

उनका अनुसार विद्यार्थीको आवेदनको आधारमा गरिब तथा विपन्न परिवारका विद्यार्थीको छनौट गरिने छ । सो विद्यार्थीहरु एमबीबीएस अध्ययन गर्न योग्य भएमा उनीहरुलाई अध्ययनमा छात्रावृत्ति प्रदान गरिने उनले बताइन् । 

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वजेट अनुसार पालिकामा सो कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् । चालु आर्थिक वर्षदेखि एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति दिन लागिएको उनले बताइन् ।