close

विद्यार्थीहरुलाई घरमै सही संस्कार सिकाउनुपर्छ : नगरप्रमुख ढुंगाना

विद्यार्थीहरुलाई घरमै सही संस्कार सिकाउनुपर्छ : नगरप्रमुख ढुंगाना

Trulli
ADVERTISEMENT

धादिङ- नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा क्षेत्रको सुधार गर्नको लागि शिक्षकसँगै प्रधानाध्यपहरूको सुझाव आवश्यक रहेको बताएका छन् । 

नीलकण्ठ नगरपालिकाको आयोजनामा प्रधानाध्यापकहरुलाई सिकाई आपुरण तथा द्रूत सिकाइ योजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । शिक्षा क्षेत्र आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै विगत देखीनै नीलकण्ठले शिक्षा क्षेत्रमा नमुना कार्य गर्दै आइरहेको बताए । भौतिक संरचना निर्माणदेखी, शिक्षकहरुलाई तालिम, शिक्षकहरुलाई ल्यापटप वितरण, प्रविधिको प्रयोग लगायतका क्षमता अभिबृद्धिको काम भइरहेको स्पष्ट पारे । 

समाजको विकास हुनको लागि शिक्षाको पहुँच पुग्नुपर्ने बताउँदै समृद्ध नीलकण्ठ नगरपालिका निर्माणको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताए । विद्यार्थीहरुको पहिलो विद्यालय घर भएको भन्दै उनले विद्यार्थीहरुलाई घरमै सही संस्कार सिकाउनुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले द्रुत सिकाइ योजना कार्यक्रम कार्यन्वयनका लागि सहजीकरण गर्ने, प्रधानाध्यापकहरुको भूमिका र पेशागत विकासका माध्यमबाट विद्यार्थीहरुको सिकाइमा सुधार ल्याउने कार्यक्रमको उद्धेश्य रहेको भट्टले बताए । 

अभिमुखीकरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाभित्रका ८२ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता थियो ।