close

एक हजार बालबालिकालाई न्यानो कपडा

एक हजार बालबालिकालाई न्यानो कपडा

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा बितरण गरेको छ । 

चिसोका कारण बालबालिका घरमै बस्नुपर्ने समस्या नहोस् भन्ने उद्देश्यले बाल विकास कक्षादेखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२६ मा रहेको रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरणको सुरुवात गरेकी थिइन् ।  कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत चार वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् । 

नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने महानगरले जनाएको छ । जसका लागि महानगरले चालु आवमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।