close

विद्यार्थीलाई चित्रकला सिकाउन इलाममा ललितकला उत्सव

विद्यार्थीलाई चित्रकला सिकाउन इलाममा ललितकला उत्सव

Trulli
ADVERTISEMENT

इलाम– इलाम नगरपालिकाले ललितकला उत्सव इलाम २०८० सञ्चालन गर्दैै आएको छ । विद्यार्थीलाई चित्रकलाद्धारा कला संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिन नगरपालिकाले सो उत्सव सञ्चालन गरेको हो । 

उक्त कार्यक्रम शुक्रबारदेखि सोमबारसम्म सञ्चालन हुने देहि काकडभिट्टाका सञ्चालक सिप्पेन शेर्पाले बताए । उनकाअनुसार चित्रकला मार्फत इलामको कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनको लागि उक्त अभियान थालेको बताए ।

इलाम नगरपालिका, उद्योग वाणिज्य संघ, अमेरिकन कर्नर, प्यावसन र होटेल व्यावसायि संघको  आयोजनामा ललितकला उत्सव हुन लागेको शेर्पाले बताए । ललितकला उत्सव इलाम २०८० मा हालसम्म ४४ जना विद्यार्थी सहभागी रहेको सञ्चालक शेर्पाले पालिकाखबरलाई जानकारी दिए ।