close

प्रत्येक छोरीको ‘एड्मिसन’मा एक लाख रुपैयाँ बचत

प्रत्येक छोरीको ‘एड्मिसन’मा एक लाख रुपैयाँ बचत

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाले विद्यालयमा भर्ना हुँदा छात्राको खातामा एक लाख रुपैयाँ जम्मा गरिदिने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबाट सो नीति अघि सारेको हो । 

पालिकामा विद्यालय पुरा नभई बीचमै पढाई छाड्ने विद्यार्थीहरुको संख्या वृद्धि हुँदै गएको समस्यालाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन ह्योल्मोले बताए । उनका अनुसार विद्यालयमा आगामी शैक्षिकसत्रदेखि प्रत्येक विद्यालयमा बाल विकास कक्षा पास गरि कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैया जम्मा गर्ने नीति लिएको छ । शैक्षिक विकासको लागि शुन्य ड्रप आउन कार्यक्रम सञ्चालन गर्नको लागि विद्यार्थीको बैंक खातामा सो रकम जम्मा गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

पालिकाका ३४ वटै सामूदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गर्न पालिकाले आवश्यक तयारी गरिरहेको उनले बताए । विद्यार्थीहरुको खातामा जम्मा गरेको बचत उनीहरुको अध्ययन पूरा नभईकन निकाल्न नमिल्ने बनाउँदा बीचमै पढाइ छाड्नेको संख्या घट्ने विश्वास उनको छ । 

गाउँपालिकाले जम्मा गर्ने सो रकम स्नातक दोस्रो वर्षसम्म अध्ययन गरेमा खाता भएको छात्रा आफैँले सो रकम निकालेर खर्च गर्न पाउनेछिन् । स्नातकसम्म अध्ययन नगरेमा गाउँपालिकाले बैंक खातामा जम्मा गरि दिएको रकम स्वत फिर्ता लिने गाउँपालिकाले जनाएको छ ।