close

सरुमारानीमा ‘छोरी पेवा कार्यक्रम’ निरन्तर

सरुमारानीमा ‘छोरी पेवा कार्यक्रम’ निरन्तर

Trulli
ADVERTISEMENT

प्युठान– सरुमारानी गाउँपालिकाले बालिकाको बैंक खातामा रकम जम्मा गर्दै आएको छ । गाउँपालिकाले ‘छोरी पेवा वचत कार्यक्रम’ सञ्चालन गरेर बचत गरिदिदै आएको हो ।

२०७५ सालदेखि हालसम्म ७०४ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिरहेको आएको राजश्व तथा महिला बालबालिका शाखा साधना सिंहले बताइन् । 

गाउँपालिकाले सो कार्यक्रममार्फत् बालिकाहरुको खातामा पाँच सय रुपैयाँको दरले रकम जम्मा गर्ने गरेको उनले बताइन् । बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच तथा उनीहरुको चेतना अभिवृद्धिमा सहयोग पुग्ने सिंहले पालिकाखबरलाई जानकारी बताइन् । 

‘छोरी पेवा वचत कार्यक्रम’ मार्फत् जम्मा गरेको रकम २० वर्ष पुरा नभई निकाल्न पाइदैन,’ उनले भनिन् । साथै उच्च शिक्षाको लागि भने उनीहरुले निकाल्न पाउँछन । यसैक्रममा पैसा जम्मा गर्दै गर्दा कुनै बालिकाको कारणवंश मृत्यु भए सम्बन्धित वडाको सिफारिसमा उक्त पैसा अभिभावकले लिन पाउने बताइन् ।

गाउँपालिकाले कार्यक्रम शुरु भएको ६ वर्ष भएको उनले बताइन् । पहिलो वर्ष एक सय रुपैयाँका दरले बालिकाको खातामा बचत सुरु गरेको थियो । कार्यक्रम सुरु भएको दोस्रो वर्ष दुई सय, तेस्रो वर्ष तीन सय, चौथौ वर्षमा चार सय गर्दै हाल प्रत्येक बालिकाका खातामा मासिक पाँच सय रुपैयाँ जम्मा गरेको उनले बताइन् । उनले भनिन्, ‘यस वर्ष हामी छैठौँ वर्षमा छाँैँ । यो वर्ष मासिक ६ सय रुपैयाँ दरले जम्मा गरिदिनु पर्ने हो । तर बजेट धेरै नभएकाले यो वर्ष पनि ५ सय रुपैयाँ नै जम्मा गरिदिने निर्णय गरेका छौँ ।’ 

कार्यविधिका अनुसार २० वर्ष नपुन्जेल विवाह गर्न नपाउने उल्लेख छ । यसका साथै २० वर्ष नपुगुञ्जेल बालिकाले रकम निकाल्न पाउँदैनन् । १० कक्षाको पढाइ सकेर अन्य शिक्षाको लागि आर्थिक सहयोग हुने विश्वास छ ।

‘छोरी पेवा कार्यक्रम’का लागि पालिकाले ४२ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।