close

सिंजामा ‘हाम्रो थर जान्ने रहर’

सिंजामा ‘हाम्रो थर जान्ने रहर’

Trulli
ADVERTISEMENT

जुम्ला– सिंजा गाउँपालिकाले ‘हाम्रो थर जान्ने रहर’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले खसआर्य मध्ये पुर्खेली घर र थर भएकाहरुको सम्झनामा अभियान सञ्चालन गर्ने भएको हो ।

जिल्लाको सिंजाबाट नै खस भाषा र जनजातीको उद्गम थलो भएकाले ‘हाम्रो थर जान्ने रहर’ अभियान सञ्चालन गरी गाउँपालिकामा एक पुस्तकालय स्थापना गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । सिंजाबाट नेपालका विभिन्न क्षेत्रमा जनजाती स्थान्तरण भएकाेले साे कार्यक्रम ल्याएकाे उनले पालिकाखबरलाई सुनाए । उनीहरुलाई आफ्नो पहिचान बिर्सनु हुँदैन भनेर यो अभियान थालेको उनकाे भनाइ छ ।

उनकाअनुसार 'आफ्नो पहिचान खोज्नु पर्छ' भनेर साे अभियान सञ्चालन गर्न लागेको हाे ।  सिंजाको धार्मिक, सांस्कृतिक, सामाजिक भाषिक, पुरात्वत्तिक कलालगायतको दस्तावेज संकलन तथा संरक्षण गर्न यही अभियानद्धारा सबैलाई उनले अनुरोध गरेका छन् ।

उनले भने, 'केही परिवर्तन हुन्छ कि भनेर शिक्षक पेशा छोडेर जनप्रतिनिधि हुन आए ।' भौतिक विकास गर्दै गर्दा सामाजिक विकास, ईतिहास, परम्परालाई पनि जोगाउनु पर्छ भन्ने सोच आएपछि यो अभियान गर्न लागेको उनले बताए ।

नेताहरुले भाषणमा मात्र भन्ने गरेका छन् हाम्रो उदगम स्थल सिंजा हो भनेर तर व्यवस्थित भने गरेको नदेखिएपछि आफै संरक्षण गर्न लागेको उनले बताए । 'यसो त सिंजा नेपालीहरुको पुख्यौली थलो पनि मानिन्छ । नेपाल अधिराज्यका मान्छेहरु सिंजामा जन्मिएर नेपालभर छरिएर रहेको इतिहास पनि छ,' उनले भने ।

हालसम्म गाउँपालिकामा भवन अभावले अभियान अघि बढ्न नसकेकाे उनकाे भनाइ छ । भवन बने पश्चात् पुराना पाठ्यपुस्तकहरु सोही पुस्तकालयमा राख्ने तथा नयाँ पुस्तालाई समेत पुराना कुरा थाहा पाउने उनको विश्वास छ । पुराना अभिलेखलाई जिवीत राख्न नै पुस्तकालय स्थापनाको काम अघि सार्न लागेको उनको भनाइ छ ।

सिंजामै गएर जुनसुकै ठाउँका विद्यार्थीले अध्ययन र अनुसन्धान गर्न सकुन भन्ने उद्देश्यले अभियानको सुरुवात गर्न लागेको उनले बताए । जुम्लामा अनुसन्धानका क्रममा जुनसुकै संकायका विद्यार्थीले गर्न सकिने बताए ।

 शिक्षासंग सम्बन्धित भएकोले यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्षले बताए ।