close

कागेश्वरीको आयोजनामा नि:शुल्क आयोग तयारी कक्षा

कागेश्वरीको आयोजनामा नि:शुल्क आयोग तयारी कक्षा

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले लक्षित वर्ग तथा विद्यार्थीहरूलाई लक्षित गरी नि:शुल्क लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जारी गरेको सूचनाअनुसार भर्चुअल माध्यमबाट लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । जसका लागि आफूले लिन चाहेको विषय खुलाई आवश्यक कागजातसहित सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । 

लोकसेवाको खरिदार र नायव सुब्बा तथा शिक्षक सेवाको माध्यमिक, आधारभूत र प्राथमिक तहको तयारी कक्षाहरू सञ्चालन गर्न लागिएको हो । जसका लागि आजको ७ दिनभित्र कागेश्वरी मनोहराका स्थायी तथा अस्थायी बसोबासीले ७ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ ।