close

पाठ्यपुस्तक छाप्ने बजेट नभएपछि पाठ्यसामग्री बनाउँदै दोरम्बा शैलुङ

पाठ्यपुस्तक छाप्ने बजेट नभएपछि पाठ्यसामग्री बनाउँदै दोरम्बा शैलुङ

Trulli
ADVERTISEMENT

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो दोरम्बा’ को पाठ्यसामग्री निर्माणका लागि स्थानीयसँग आवेदन माग गरेको छ । 

यसअघि १५ दिने सूचना जारी गरे पनि कसैको निवेदन नपरेपछि पुन: ५ दिने सूचना निकालिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका अनुसार गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माण गरिएको हो । तर बजेट अभावका कारण पाठ्यपुस्तक प्रकाशन गर्न सकिएको छैन । 

बजेट समस्या देखाउँदै गाउँपालिकाले सन्दर्भ सामग्री लेखन, सहजीकरण तथा समन्वय गर्न चाहने व्यक्ति वा संस्थाले आवेदन दिन आग्रह गरेको हो । इच्छुकले आवेदनको साथमा पाठ्यसामग्री निर्माणको प्रस्तावना पनि पेश गर्नुपर्ने शिक्षा शाखा संयोजक नेत्र प्रसाद गौतमले बताए ।