close

लोक सेवा आयोगको कक्षा सञ्चालन गर्दै छत्रदेव

लोक सेवा आयोगको कक्षा सञ्चालन गर्दै छत्रदेव

Trulli
ADVERTISEMENT

अर्घाखाँची– छत्रदेव गाउँपालिकाले निः शुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले दलित, जनजातिलक्षित गरी लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार दलित, जनजाति लक्षित गरी सरकारी सेवामा आकर्षण बढाउन निः शुल्क कक्षा सञ्चालन गरिने सूचना अधिकारी बुद्धिराम न्यौपानेले जानकारी दिए । गाउँपालिकाअन्तर्गतका हरेक वडाबाट १०/१० जनालाई लोक सेवा आयोगको कक्षामा सहभागी गराउने अधिकारी न्यौपानेले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाभित्रका दलित, जनजातिहरुलाई आवेदनका आधारमा छनोट गर्ने उनले बताए । योग्यता पुगेका इच्छुकले यही फागुन २५ गतेभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका दलित, जनजातिहरुलाई लोक सेवा आयोगको कक्षामा सहभागीता हुनेलाई भत्ता उपलब्ध गराइने बताए ।