close

विद्यार्थीलाई मोटिभेट गर्दै मर्स्याङ्दी

विद्यार्थीलाई मोटिभेट गर्दै मर्स्याङ्दी

Trulli
ADVERTISEMENT

लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले विद्यार्थीका लागि मोटिभेट कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले मिडिया जर्नल संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाभित्रका कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि मोटिभेट कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार प्रत्येक केन्द्रमा एक दिन गरि फागुन १३ देखि १७ गतेसम्म पाँच वटा केन्द्रमार्फत विद्यार्थीलाई मोटिभेट गरिने छ । 

सो कार्यक्रममा गाउँपालिकाका १५ वटा विद्यालयबाट ९५९ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् । कार्यक्रममा विद्यार्थीहरुमा हुने तनावको नियन्त्रण तथा करियरका विषयमा मोटिभेट गरिने अध्यक्ष गुरुङले पालिकाखबरलाई जानकारी दिए ।