close

चाँगुनारायण नगरका शिक्षकहरु सम्मानित

चाँगुनारायण नगरका शिक्षकहरु सम्मानित

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाभिका ७३ जना शिक्षकहरूलाई सम्मान गरिएको छ । नेपाल शिक्षक संघको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो । 

शनिबार आयोजित सम्मान कार्यक्रमबाट सेवा निवृत्त २५ र कार्यरत ४८ गरी ७३ जना शिक्षकहरुलाई सम्मान गरिएको हो ।प्रतिनिधिसभा सांसद दुलर्भ थापा, प्रदेशसभा सांसद सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले संयुक्त रुपमा शिक्षकहरूलाई सम्मान गरेका हुन् । 

सो अवसरमा सांसद थापाले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षकहरुको महत्त्वपूर्ण भूमिका हुने बताए । चाँगुनारायणका नगरप्रमुख खत्रीले आफ्नो विद्यालयलाई नगरपालिकाकै नमुना बनाउने गरी अध्ययपन गर्न आग्रह गरेका छन् ।