close

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्रीका लागि ३ जना विज्ञ

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्रीका लागि ३ जना विज्ञ

Trulli
ADVERTISEMENT

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो दोरम्बा’ को पाठ्यसामग्री निर्माणका लागि ३ जना विज्ञको नाम स्वीकृत गरेको छ । 

गाउँपालिकाको शिक्षा शाखाका अनुसार गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माण गरिएको हो । तर बजेट अभावका कारण पाठ्यपुस्तक प्रकाशन गर्न सकिएको छैन । त्यसैले सन्दर्भ सामग्री निर्माणका लागि गाउँपालिकाले विज्ञ माग गरेको थियो । बजेट समस्या देखाउँदै गाउँपालिकाले सन्दर्भ सामग्री लेखन, सहजीकरण तथा समन्वय गर्न चाहने व्यक्ति वा संस्थाले आवेदन दिन आग्रह गरेको थियो । 

गाउँपालिकाले सूचना जारी गर्दै ३ जनाको नाम सार्वजनिक गरेको हो । जसमा पाठ्यक्रम विज्ञ तुलसीप्रसाद आचार्य र डिकबहदुर राई छन् भने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमको पनि नाम रहेको छ ।