close

करार शिक्षकका लागि कम आवेदन परेपछि ...

करार शिक्षकका लागि कम आवेदन परेपछि ...

Trulli
ADVERTISEMENT

धनुषा - मुखियापट्टी मुसहरनिया गाउँपालिकाले करार शिक्षकको लागि म्याद थप गरेको छ । गाउँपालिकाले ३५ जना करार शिक्षकको लागि केही समय पहिला आवेदन माग गरेको थियो । 

तर सो सूचनामा कम मात्र आवेदन परेपछि गाउँपालिकाले पुन:सूचना जारी गरी सात दिने म्याद थप गरेको हो । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बैधनाथ यादवका अनुसार सो सूचनाबाट ३० देखि ४० जनाको आवेदन परेको छ । तर गाउँपालिकाले ३५ जना करार शिक्षक माग गरेको र आवेदन दिनेमा विषयगत शिक्षकको कम भएकोले पुन: आवेदन माग गरेको हो ।

गाउँपालिकामा विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी नभएकाले एकै पटक धेरै संख्यामा करार शिक्षक माग गरेको उनले पालिकाखबरलाई सुनाए । गाउँपालिकाको लागि सो शिक्षक पनि कमी हुने उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकाको लागि ७० जना करार शिक्षक आवश्यक पर्छ । तर गाउँपालिकाले आर्थिक भार थेग्न नसक्ने भएकाले हाल ३५ जना मात्रै करार शिक्षक माग गरेको उनले बताए । करार शिक्षकको सबै सेवा तथा सुविधा गाउँपालिकाले नै व्यहोर्नुपर्ने उनले बताए ।  उनका अनुसार गाउँपालिकामा हाल ११ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।