close

इ-हाजिरीमा अध्यावधिक गर्न झापाको निर्देशन

इ-हाजिरीमा अध्यावधिक गर्न झापाको निर्देशन

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकाले इ-हाजिरीमा अध्यावधिक गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यारत शिक्षकहरुलाई सो निर्देशन दिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जारी गरेको सूचना अनुसार पालिकाले अनिवार्य रुपमा विद्युतीय हाजिरी लागू गर्ने गरी जडान गरिएको हाजिरी जडान गरिएकोमा केही शिक्षकले अध्यावधिक गरिएको छैन । सो शिक्षकहरुले अनिवार्य रुपमा अध्यावधिक गर्न निर्देशन दिएको हो । 

गाउँपालिकाले बार्षिक कार्यक्रम अन्तर्गत आगामी शैक्षिक सत्रदेखि माध्यमिक विद्यालयमा कागजी पूर्ण रुपमा विस्थापित गर्नको लागि इ-हाजिरी ल्याएको जनाइएको छ ।