close

वक्तृत्वकला प्रयितोगितामा सम्राज्ञी थापा प्रथम

वक्तृत्वकला प्रयितोगितामा सम्राज्ञी थापा प्रथम

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्राज्ञी थापा प्रथम भएकी छन् । 

नगरपालिकाको आठौँ स्थापना, बालमैत्री स्थानीय तह घोषणाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा चाँगुनारायण नगरपालिका-१ स्थित बाल अधिकार सञ्जालकी थापा प्रथम भएकी हुन् । 

“बालमैत्री अधिकार र स्थानीय बालमैत्री शासन” सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर ८ को बाल सञ्जालकी सुमीना तिमिल्सिना द्वितीय र सोही वडामा रहेको बाल्मीकेश्वरी माविमा अध्ययनरत छात्र रोजल दुलाल तृतीय भएका नगरपालिकाले जनाएको छ । 

विजयीहरूलाई प्रतिनिधिसभा सांसद दुर्लभ थापा, प्रदेश सभा सांसद सुरेश श्रेष्ठ र नगर प्रमुख जीवन खत्रीले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।