close

काठमाडौँमा खुल्ला रुपमा आगो बाल्न प्रतिबन्ध

काठमाडौँमा खुल्ला रुपमा आगो बाल्न प्रतिबन्ध

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको छ । शुक्रबार सुचना जारि गर्दै महानगरले खुल्ला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको हो । 

खुल्ला रुपमा आगोबाल्ने वा फोहोर जलाउने कार्यले वातावरण प्रदुषण वृद्धी हुने र मानविय स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने भएकाले प्रतिबन्ध लगाएको महानगरले जनाएको छ । 

खुल्ला रुपमा आगो जलाएको पाइएमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम कारबाही हुने सुचनामा उल्लेख छ ।